नियम ३
दामासाही सम्बन्धीे कारबाही गर्न निवेदन दिनु पर्ने
(१) ऐनको दफा ४ को उपदफा (१) बमोजिमको कुनै व्यक्तिले कुनै कम्पनी उपर दामासाही सम्बन्धी कारबाही गर्न चाहेमा दामासाही सम्बन्धी कारबाही प्रारम्भ गर्ने आदेशको लागि अनुसूची–१ बमोजिमको ढाँचामा अदालत समक्ष निवेदन दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम निवेदन दिनको लागि नियम ४ बमोजिम ऋण चुक्ता गर्न जारी गरेको सूचना रीतपूर्वक सम्बन्धित कम्पनीलाई बुझाएको पैतीस दिन पूरा भएको हुनु पर्नेछ ।
(३) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि ऐनको दफा ४ को उपदफा (१)को खण्ड (ग) वा (घ) बमोजिम कम्पनीको शेयरधनी वा डिवेन्चरधनीले उपनियम (१) बमोजिम निवेदन दिँदा अदालतले ऐनको दफा ४ को उपदफा (४) बमोजिम तोकेका शर्तहरू पूरा गर्नु पर्नेछ ।